९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ ।
दुर्घटनाका कारण विमानमा आगो लागेको छ ।
अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।
बुधबार बिहान करिब ११ बजे जहाज दुर्घटनामा परेको थियो।
जहाजमा क्याप्टेनसहित १९ जना रहेका थिए। जहाज काठमाडौंबाट पोखरातर्फ उडेको थियो।

