शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’को प्रदर्शन मिति घोषणा भएको छ ।
निर्माण टिमले काग तिहारको अवसर पारेर फिल्मको प्रदर्शन आउँदो मंसिर २६ गतेबाट तोकेको हो । सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यो फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी विमला खत्री म्याक्स गणेश बुढाथोकी कृष्ण थापा नवीन घायल को प्रमुख भूमिका रहेको छ ।
फिल्मको बारेमा निर्देशक बस्नेतले यो फिल्ममा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देश भेट्ने बताए । उनले भने‘पीआर’लाई “नेपालको कथा, नेपाली युवाको सपना र संघर्ष”का रूपमा दर्शकसामु ल्याउन लागेको छौँ ।
सायद दर्शकले फरक स्वाद प्राप्त गर्नुहुनेछ भन्नेमा विश्वास लिएको छु ।
