यति बेला चिनमा एसियन गेम्समा गएको नेपाली क्रिकेट टिमले आफ्नो पहिलो गेममानै विश्व चर्चित रेकर्ड बनाएको छ। मंगोलिया विरुद्ध ३१४ रनको विशाल स्कोर बनाउदै गर्दा टि २० अन्तराष्ट्रियमा सबै भन्दा धेरै इन्निङ्स रन बनाउने देशको रुपमा कृर्तिमानि आफ्नो नाम गरेको छ। रेकर्ड यतिमा मात्रै सिमित रहेन। कुसल मल्लले ३४ बलमा सेन्चुरि हान्दै सर्वाधिक छिटो सेन्चुरी बनाउने खेलाडिको सुचिमा आफ्नो नाम १ नम्वरमा पुर्याएका छन। त्यसैगरी दिपेन्द्र सिंह एरिले युवराज सिंहको १२ बलमा हाफ सेन्चुरीको रेकर्ड ब्रेक गर्दै ९ बलमा ५० रन हानेर विश्व रेकर्ड बनाएका छन। रेकर्डको वर्षा हुने क्रममा २७३ रनले जित्दै सबै भन्दा धेरै अन्तरको जित, एक इन्निङ्समा सबै भन्दा धेरै २६ छक्का, दिपेन्द्र सिंह एरिको ५२० को स्ट्राईक बेस्ट स्ट्राईक रेट अफ टि२० अन्तराष्ट्रिय जस्ता विश्व कृर्तिमानी बनाएको छ।

By admin