भुटानमा डिसेम्बर ४ देखि १३ सम्म हुने पाँच राष्ट्र सहभागी टी-२० प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ‘ए’ टोली घोषणा गरेको छ। क्यानले सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा विवेक यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिश जिसी, अर्जुन घर्तीमगर, दीपक डुम्रे, रुपेश सिंह, दिपेश कँडेल, अभिषेक तिवारी, विशाल सुश्लिङ, अभिषेक पाल र इमरान शेख छन्।

भुटान क्रिकेटले आयोजना गर्ने प्रतियोगितामा नेपालसहित आयोजक भुटान, बहराइन, थाइल्यान्ड र माल्दिभ्सका टोली सहभागी हुनेछन्।

प्रतियोगिता भुटानको गेलेफुस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगिताले भुटान क्रिकेट फेस्टिभल २०२६–२७ को सुरुवात गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *