चीनमा भइरहेको एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ ।
आज भएको ‘ड्र’ अनुसार नेपालले भारतसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । यो खेल भोलि हुनेछ । क्वाटरफाइनलमा नेपालले भारतसँग, पाकिस्तानले हङकङसँग, बङ्लादेशले मलेसियासँग, श्रीलङ्काले अफगानिस्तानसँग खेल्नेछ ।
