जानकी जेसीजको आयोजनामा ट्री-गार्ड सहितको वृक्षारोपण कार्यक्रम सम्पन्न जानकी जेसिज बर्ष २०२३ का अध्यक्ष जेसी भरत बहादुर थापाको सभापतित्वमा भएको वृक्षारोपण कार्यक्रमको प्रमुख अतिथिमा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी, विशिष्ट अतिथीमा जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति देवि कठरिया र वडा नं. १ का वडा अध्यक्ष सुरेश कुमार चौधरी, वडा नं. ८ वडा अध्यक्ष तिर्थराज उपाध्याय लगायत अतिथिमा कार्यपालिका सदस्य, वडा सदस्य, पार्टी प्रतिनिधिहरू, बजार प्रतिनिधि लगायत युवा एवं समाजसेवी महानुभावको भव्य उपस्थिति रहेकोे थियो । जानकी गाउँपालिका वडा नं. १ को आर्थिक बर्ष २०८०।०८१ का लागि विनियोजित विकास कार्यक्रम अन्तरगत रु. १ लाख बजेटको सहयोगमा जानकी जेसिजले दुर्गाैली स्थित राधाकृष्ण मन्दिर परिसर, तोरैयापुर स्थित शिव मन्दिर परिसर, धर्मापुर सामुदायिक भवन परिसर धर्मापुर मसानघाट, दुर्गौली बजारको चौराहा देखि वप्पल रावतको पसल सम्म, पक्की सड्क खण्ड र तोरैयापुर चोक देखि वडा नं. ८ को सिमाना क्षेत्रसम्म अशोक, रक्तचन्दन, कुमारी, गुलमोहर, रुद्धाक्ष ट्री गार्ड सहितको बिरुवा रोपिएको जानकी जेसीजका सस्थापक अध्यक्ष जेसी भक्तराज देवकोटाले जानकारी दिनु भयो।

By