एसियन गेम्स खेल्न चिनमा रहेको नेपाली टोलिले एक पछि अर्को रेकर्ड बनाउने क्रममा आज पहिलो क्वाटर फाइनल भारत संग खेलेको थियो। पहिलो २ खेलमा उत्कृष्ट नतिजा निकालेको नेपाली टिमले आज भने सिधै क्वाटर फाइनल खेल्न पुगेको भारत संग २३ रनको हार पाएको छ।
टच जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० अोभरमा ४ विकेटको क्षतिमा २०२ रन बनाएको थियो। २०३ रनको टार्गेट लिएर जवाफि व्याटिङमा उत्रेको नेपालले निर्धारित २० अोभरमा ९ विकेट गुमाउदै १७९ रनमै समेटिएको थियो।
