एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको हो। अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुने प्रतियोगिताको शीर्ष ३ वटा टोलीले आउँदो डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ।
नेपालको टोलीमा–आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल (कप्तान), सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा रहेका छन्।
