१३ औं संस्करणको एक दिवसिय विश्वकप क्रिकेटको प्रतियोगिता भोली (विहीबार) बाट भारतमा आयोजना हुँदैछ । पहिलो पटकसन १९७५ मा इङ्ल्याण्डमा आयोजना भएको विश्वकप क्रिकेटको १३ औँ संस्करण सम्म आइपुग्दा कुल २० राष्ट्रले सहभागिता जनाउन सफल भएका छन् ।
विश्वकप क्रिकेटको इतिहासलाई हेर्दा अहिलेसम्म सर्वाधिक धेरै पटक विश्वविजेता अष्ट्रेलिया बनेको छ ।उसले सन १९८७, १९९९, २००३, २००७ र २०१५ मा विजेता बनेको थियो । यस्तै भारत र वेष्ट इन्डिज २–२ पटक विजेता बनेकछन् । एक पटकका विजेताहरुमा इङ्ल्याण्ड, पाकिस्तान र श्रीलँका रहेका छन ।
विश्वकप भारतका विभिन्न १० शहरमा ५ अक्टोवर देखि १९ नोभेम्बरसम्म संचालन हुदैछ । यस सँस्करणमा कुल १० वटा राष्ट्रले राउण्डरोविन र नकआउट गरी ४८ खेल खेल्नेछन् । यस सँस्करणमा भारत, अष्ट्रेलिया, श्रीलँका, पाकिस्तान, न्युजिल्याण्ड, इङ्ल्याण्ड, बँगलादेश, अफगानिस्तान, दक्षिण अफ्रिका र नेदरल्याण्डसले सहभागिता जनाउँदै छन् । उद्घाटन खेल विहीबार नरेन्द्र मोदी स्टेडियमगुजराँतमा साविक विजेता ईङ्ल्याण्ड र उपविजेता न्युजिल्याण्डबिच हुने छ भने फाइनल खेल ३ मँसिर (१९ नोभेम्बर) मा उद्घाटन खेलभएकै रँगशालामा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजेदेखि सुरु हुँदैछ । विजेताले ४० लाख अमेरिकी डलर पुरस्काररकम प्राप्त गर्नेछ भने रनरअप टिमले २० लाख डलर पुरस्कार रकम प्राप्त गर्नेछ ।
