विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र न्यूयोर्कका मेयरबीच भेटवार्ता भएको छ । मेयर कोइराला र विश्वकै सबैभन्दा शक्तिशाली सहरका रुपमा रहेको न्यूयोर्कका मेयर एरिक एडम्सबीच भेटवार्ता भएको हो । भेटमा मेयर कोइरालाले एडम्सलाई नेपालको राष्ट्रिय पोशाक दौरा–सुरुवाल हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा मेयर कोइरालाले मेयर एडम्सलाई विराटनगर भ्रमणको निम्तोसमेत दिनुभयो । कोइरालाले नेपाल भाषा, कला, संस्कृतिमा विश्वकै धनी मुलुक भएको जानकारी गराउनु भएको थियो ।

एडम्सले कार्यव्यस्तताका कारण रथयात्रामा विराटनगर आउने योजना पूरा नभएको बताउनुभएको थियो । त्यस्तै उहाँले छिट्टै नेपाल आउन चाहेको इच्छासमेत व्यक्त गर्नुभएको थियो । विगतमा पनि नेपाल आएको र आफूलाई मन पर्ने देशमध्ये नेपाल भएको मेयर एडम्सले बताउनुभएको थियो । विराटनगर आएको समयमा दुई सहरबीचको भगिनीसम्बन्धमा हस्तान्तरण गर्ने एडम्सले प्रतिबद्धता जनाएको मेयर कोइरालाका अन्तर्राष्ट्रिय सल्लाहकार सोमनाथ घिमिरेले जानकारी दिनुभयो ।

By