त्रिवि मैदान कीर्तिपुरमा भएकाे खेलमा ओमानले दिएकाे १ सय ४६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २० ओभरमा १ सय ४० रन बनाएर अल आउट भयाे । जितसँगै ओमान समूह विजेता बनेको छ । पराजित नेपालले समूहकाे उपविजेता रहँदै सेमिफाइनलमा यूएईसँग खेल्नेछ । याे खेल जितेमा नेपालले अर्काे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ ।
नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रन बनाए । कुशल भुर्तेलले २६, करण केसीले १५ रन बनाए भने कप्तान राेहित पाैडेल, साेमपाल कामी र सन्दीप जाेराले समान १२/१२ रन बनाए ।
