बुटवलमा हुने नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशनको तयारी तीब्र पारिएको छ । बुटवल जेसीजको आतिथ्यतामा आगामी मंसिर २९ देखि पुस २ गतेसम्म संचालन हुने नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशन बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ ।  बुटवल जेसीज स्वर्ण बर्षमा रहेको र नेपाल जेसीजको पनि ५० औं राष्ट्रिय महाधिवेशन भएकाले सन्दर्भ मिलाएर बुटवलमा नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशन गर्न लागिएको बुटवल जेसीजका अध्यक्ष जेसी हरिबिक्रम कुवँरले जानकारी दिनुभयो । साेही अनुसार बुटवल जेसीजले महाधिवेशन तयारीका गतिबिधिलाइ तीब्रता दिएको उहाँको भनाइ छ । यसलाइ सफल बनाउन सबैले आ-आफ्नाे स्थानबाट भूमिका निर्बाह गर्नुपर्ने बेला आएको कुवँरको भनाइ छ । “सक्षम युवा सुदृढ देश : सुशासनका लागि समुन्नत परिवेश” भन्ने नारा सहित गर्न लागिएको नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनको लागि कन्भेन्सन डाईरेक्टरको रुपमा पूर्वअध्यक्ष सिनेटर जेसी जगतबहादुर पोखरेललाई चयन गरिएको छ । पोखरेल नेपाल जेसीजको पूर्व राष्ट्रिय अध्यक्ष समेत भईसक्नु भएको छ ।

राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका लागि शान्ति पदयात्रा, दृश्यावलोकन, सहभागि दर्ता, सांकृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम, प्रकरण, वक्तृत्व तथा प्रशिक्षण, खाना खाजा व्यवस्थापन, किट व्याग व्यवस्थापन, आवाश व्यवस्थापन, अतिथी सत्कार, उम्मेद्वार प्रशिक्षण तथा अन्तरवार्ता, उद्घाटन तथा समापन कार्यक्रम, सुरक्षा तथा सरसफाई, सूचना तथा प्रचारप्रसार, ककस तथा निर्वाचन, आर्थिक, स्मारिका प्रकाशन, स्वागतद्वार तथा हल व्यवस्थापन,मायाको चिनो व्यवस्थापन समिति लगायतका १७ वटा उपसमिति गठन गरिएको प्रचारप्रसार समितिका संयोजक जेसी राजिव गौतमले बताउनुभयो ।

By