भारतीय ब्याटर विराट कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० शतकको कीर्तिमान बनाएका छन् । विश्वकप क्रिकेटको सेमिफाइनलमा उनले आज शतक पूरा गर्दै यसअघि सचिन तेन्दुलकरले बनाएको ४९ शतकको कीर्तिमान भंग गरेका हुन् ।

न्युजिल्याण्डविरुद्धको खेलमा उनले ११३ बलमा ९ चौका र २ छक्काको मद्दतमा ११७ रन बनाएर आउट भए । कोहलीले आजको शतकसँगै विश्वकप क्रिकेटमा ७०० रन पूरा गर्ने कीर्तिमान पनि बनाएका छन् ।

By