शुक्रबार दिउँसो सर्लाहीको बरहथवा ६ प्राथमिक स्थास्थ्य केन्द्रको स्तरोन्नतीको विषयमा विवाद हुँदा झडपको स्थिती सिर्जना भएको थियो । सो क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिनुभएको छ । उनको मृत्यु प्रहरीको गोलीबाट हो वा अन्य कारणले हो भन्ने खुल्न नसकेको बताउनु भयो।

उक्त स्वास्थ्यचौकी स्तरोन्नतीका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै एमालेसहितका दलहरुले आज प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले नगर कार्यपालिकाको कार्यालयमा समेत ढुंगामुढा गरेपछि प्रहरीले स्थिती नियन्त्रणका लागि केही थान अश्रुग्यास समेत प्रहार गरेको थियो । सो क्रममा भागदौड समेत भएको थियो ।

By