अचेल काठको घर अधिकांशले बनाउन छोडिसके । इँटा, ढुङ्गाको पक्की घर बनाउँछन्। पुराना काठका घर विस्थापित हुँदैछन् । काठले निर्माण गरिएका थारु बस्तीका अधिकांश घर माटोले लिपपोत गरिएका हुन्छन् । घर छेउमै गाईभैँसीको गोठ, परालको कुन्यु पनि बनाइएका हुन्छन् । तर पछिल्लो समय यस्ता घर विस्थापित हुँदै गएका छन् । 

कच्ची घर बर्सेनि लिपपोत गर्नुपर्ने, छानो फेर्नुपर्नेलगायत झन्झटले परम्परागत घर विस्थापित हुँदै गएका छन् ।  अग्लो भेगमा लहरै घर र होचो भेगमा खेतीपाती गरिन्थ्यो जनसङ्ख्या वृद्धि र जमिन खण्डीकरणले अहिले होचो खेतीपाती हुने जमिनमा पनि घर निर्माण भइरहेका छन् । रोजगारीका लागि तेस्रो मुलुक जाने क्रम बढेसँगै थारु बस्तीमा पक्की घर बनाउने क्रम बढेको छ । अहिले नयाँ कच्ची घर कोही बनाउँदैनन्, त्यति मात्रै होइन कच्ची घर बनाउने मान्छे पनि गाउँ भेट्न मुस्किल पर्छ सहजै काठ, टायल पनि पाइँदैन, विगतभन्दा अचेल आर्थिक अवस्था पनि मजबुत भएकाले पक्की घर नै सबैको रोजाइमा छ ।

By