त्रिकोणात्मक टी–२० सिरिज उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । खेल टियु क्रिकेट मैदानमा बिहान ११:३० बजेदेखि सुरु हुनेछ । नेदरल्यान्ड्स ४ खेलमा ५ अंकका साथ शीर्ष स्थानमा रहेर फाइनलको यात्रा तय गर्दा नेपालले भने ४ खेलमा ४ अंक जोड्दै फाइनल खेल्न लागेको हो । यता नामिबिया भने ४ खेलमा ३ अंकसहित बाहिरिएको छ ।
यस सिरिजमा नेपाल र नेदरल्यान्ड्सको तेस्रो पटक खेल खेल्दै छन् । पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा नेपाल विजयी भएको थियो । आजको खेलमा कस्ले बाँजि मार्छ हेर्न बाँकी छ । नेपालको लागि यो खेल आफ्नो होम ग्राउनमा भएकोले केही फाइदा उठाउन सक्ने छ।
