माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ ।

एसईई परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालय १० हजार ८०६ का २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।