पाल्पामा हिजो लागेको हावाहुरी र असिनापानीले रुख ढलेर लाग्दा एक युवकको ज्यान गएको छ । तानसेन नगरपालिका वडा नं. ८ डुम्रे नजिकै एउटा जरेपिपलको रुख ढली स्कुटरमा रहेका तानसेन कैलाशनगरका २० वर्षीय युवक भुवन सिंजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।