आगलागीबाट पछिल्लो एक सातामा ३ जनाको मृत्यु भएको छ। १५ जना गम्भीर घाइते भएका छन्। गृह मन्त्रालयका अनुसार आगलागीबाट दुई सय ७७ परिवार प्रभावित छन् ८ करोड १९ लाख बराबरको धनमाल नष्ट भएको छ।
गर्मी बढेसँगै डढेलोका घटना बढेका छन्। पछिल्लो एक सातामा दुई सय ५५ ठाउँका वन डढेलो लागेको वन तथा भूसंरक्षण विभागले जनाएको छ।
विभागकाअनुसार पछिल्लो एक सातामा २३ जिल्लामा डढेलोका घटना भएका छन्।
विभागले अद्यावधिक गरेको विवरणअनुसार अछामका ६, अर्घाखाँचीका ३, बागलुङका ३, बैतडी, बाजुरा, डोल्पा, गोरखाका १–१, बाँकेका ९ स्थानमा डढेलोका घटना भएका छन्।
बाराका १८, बर्दियामा ४, चितवनमा ४२, डडेलधुरामा ३, दैलेखमा ४, दाङमा १९ स्थानमा डढेलो सल्किएको छ।
दोलखामा ३, डोटीमा १४, गुल्मीमा ३, जाजरकोटमा ६, काभ्रेपलाञ्चोकमा ३, कैलालीमा ९, कञ्चनपुरमा ६ र कपिलवस्तुमा ९ ठाउँमा डढेलो फैलिएको छ।
