रखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय बनाइएको छ । स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ नम्बरमा सम्पर्क पनि भनिएको छ ।
नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय बनाइएको हो ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउने तयारी र समन्वयका लागि केन्द्र सक्रिय गरिएको जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा नि:शुल्क हटलाइन नम्बर १११५ नम्बरमा सम्पर्क गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
