आइतबार बिहान मध्यपुरथिमिका बासिन्दाले सिन्दुर जात्रा मनाएका हुन्। हरेक नयाँ वर्षको भोलिपल्ट १९ वटा खटसहित सिन्दुर जात्रा मनाइन्छ। जात्रा मनाउने क्रममा सांस्कृतिक बाजा बजाउँदै नाचगान गर्ने र एक आपसमा सिन्दुर छ्यापेर रमाउने चलन छ। मध्यपुर थिमिमा मनाइने यो जात्रा सबैभन्दा ठूलो हो। यसक्रममा सडक र जात्रा मनाउने मानिसहरू सिन्दुरले रंगिन्छन्। जात्रामा थिमि क्षेत्रबाट २३ वटा, नगदेश, बोडे र टिगनीबाट ९ वटा गरी ३२ वटा खटसहित नगर परिक्रमा गर्ने परम्परा छ।तर पछिल्लो समय आर्थिक समस्याका कारण १९ वटा खटसहित जात्रा गर्ने गरिएको छ।