मधेश सरकारबाट कांग्रेसले चैत ९ गते समर्थन फिर्ता लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथोपटक विश्वासको मत लिंन लागेका हुन्। सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार आज  दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ ।