९ वैशाख, काठमाडौं । दिल्ली क्यापिटल्सका २२ वर्षीय युवा ब्याटर अष्ट्रेलियन जेक फ्रेजर म्याकगर्कले शनिबार राति सनराइजर्स हैदराबादविरुद्धको खेलमा बिस्फोटक ब्याटिङ गर्दै धेरैको ध्यान ताने ।तेस्रो ओभरमा स्पिनर वासिन्टन सुन्दरलाई उनले ३ चौका र ३ छक्कासहित कुल ३० रन जोडे । सातौं ओभरको तेस्रो, चौथो र पाँचौं बलमा लेग स्पिनर मयंक मारकण्डेलाई लगातार तीन छक्का हानेका थिए ।
अन्तिम अफसाइडको बल लङअफमा ठूलो सट खेल्न खोजेका उनी टप एजमा लागेर विकेट किपर हेनरिक क्लासेनबाट क्याच आउट भए ।
फ्रेजर १८ बलमा ५ चौका र ७ छक्कासहित ६५ रनमा आउट हुँदा २६७ रनको लक्ष्य पछ्याएको दिल्ली ७ ओभरमा १०९–३ को अवस्थामा थियो । उनी १५ बलमै अर्धशतक पूरा गरेर दिल्लीका सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडी बने ।
