कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किनुभएको छ । उहाँ आज दिउँसो स्वदेश फर्किनुभएको हो ।उनी करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किएका हुन् ।नेपाल र कतारबिच सहकार्य गर्ने सम्बन्धमा १ सम्झौता र ७ समझदारी भएकोमा सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुई वटा समझदारी भएका हुन् । 

कतारका अमिरलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए । उहाँलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।