केन्द्रीय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १ हजार ४०५ डलर रहेकोमा चालु आर्थिक वर्षमा ५१ डलर बढेको हो। यस संगै चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय एक हजार ४५६ डलर पुग्ने अनुमान गरिएको हो। पर्यटन आवागमनमा देखिएको सकारात्मक प्रभाव लगायतका कारणले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको हो ।
