कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ ।कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नं.को यात्रुबाहक कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानी पोखरीका प्रवक्ता एसएसपी  दिनेशराज मैनालीले बताए ।

उनका अनुसार बस दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।बस दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।