सोमबार मुम्बईस्थित वाङ्खडे क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर खेल आफ्नो पक्षमा दर्ता गर्न सफल भयो।
मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का सहित १०२ रन बनाएर नटआउट रहे। उनलाई तिलक वर्माले अर्कोतर्फ साथ दिएका थिए। तिलकले ३२ बलमा ६ चौका प्रहार गर्दै ३७ रन बनाए । हैदराबादका लागि भुवनेश्वर कुमार, मार्को यानसन र प्याट कमिन्सले समान १ विकेट लिए ।
त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङका लागि निम्त्याइएको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७३ रन जोडेको थियो।
जित पछि मुम्बई १२ खेलमा ८ अंक सहित नवौं स्थानमा छ। पराजित हैदराबाद ११ खेलमा १२ अंक सहित चौथो स्थानमा छ।आइपिएलमा मंगलबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्ने छन् ।
