इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्स १९ रनले हराएको छ । दिल्लीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो ।

यो जितसँगै दिल्लीको लिग चरणका सबै खेल समाप्त भएका छन् । दिल्ली १४ खेलमा १४ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा छ भने लखनउ १३ खेलमा १२ अङ्कसहित सातौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा आजको खेल राजस्थान रोयल्स र पञ्जाब किंग्स् बिच हुने छ ।