काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच सभामुख देवराज घिमिरेले कार्यसूची अगाडि बढाएका छन् ।बिहीबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै कांग्रेस सांसदहरूले वेल घेराउ गरेर नाराबाजी सुरु गरेका छन् ।
तर, सभामुख देवराज घिमिरेले शून्य र विशेष समय नराखेर राष्ट्रपति कार्यलयबाट आएको पत्र पढेर सुनाएका हुन् ।
