गृह मन्त्रालयको बढुवा समितिले शुक्रबार चार एसपीलाई बढुवा गर्न सिफारिस गरेको हो।
डिआइजी बढुवा सिफारिसमा परेकाहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौंमा कार्यरत एसएसपी कृष्णहरि शर्मा, कर्णाली प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखामा कार्यरत एसएसपी दानबहादुर कार्की, प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी मनोज कुमार केसी र राजन अधिकारी छन्।
शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ।
