कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा सनराइजर्स हैदराबादलाई आठ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो । आईपीएलमा कोलकाताको यो तेस्रो उपाधि हो । यसअघि कोलाकाताले सन् २०१२ र २०१४ मा आईपीएलको उपाधि जितेको थियो ।
