उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसका दिन जेठ १५ गते सामाजिक सञ्जाल मा ट्राफिक प्रहरीले महिनावारीका चार दिन सडकमा ड्युटी गर्न नपर्ने कुरा पोस्ट गरे।

महिनावारीका बेला ट्राफिक प्रहरीलाई सडक ड्युटीमा नखटाउने र विकल्पमा ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेकाहरूलाई सडकमा ड्युटी गर्न लगाइने गृहमन्त्री लामिछानेको भनाइ थियो।गृहमन्त्रीले यस्तो पोस्ट गरेको भोलिपल्ट बुधबार देखि नै यो नियम कार्यान्वयनमा आएको छ।

ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेकाहरूलाई बुधबारदेखि काठमाडौंका विभिन्न चोकमा ‘ड्युटी’ गरिरहेको देखिन्छ।