काठमाडौं । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट पुन: पार्किङमा फर्काइएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार एसएचए २२१ उडान नम्बरको ९एनएएनएस जहाज धावनमार्ग फर्काइएको हो ।जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको स्रोतले जनाएको छ ।