असार-१५, शनिवार। कृषि मन्त्रालयल सहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने सङ्घ संस्था लगायत सर्वसाधारण समेतले राष्ट्रिय धान दिवस २०८१ आज धान रोपाई गरी यो दिवस मनाई रहेका छन्।

किसानलाई सम्मान कृषि उत्पादनमा प्रोत्साहन गर्ने उदेश्यले २०६१ साल देखि कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने प्रचलनको सुरुवाट गरेको थियो। राष्ट्रिय धान दिवसको यस विशेष दिनमा कृषि क्षेत्रसँग सम्वन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी मनाउदछन्। यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ। मानो रोपेर मुरी फलाउने समयको विशेष यस दिनमा देशभरका अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ र रोपाई संगै दही, चिउरा खाने भएकाले यसलाई दही चिउरा खाने दिनका रुपमा समेत मनाउने प्रचलन छ। कृषि प्रधान हाम्रो देशमा धानको उत्पादनलाई महत्त्व दिँदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरे पनि समयमा मलखाद बिउ उपलब्ध हुन नसक्दा खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन सकेको छैन।
