असार १८ काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले तत्काल पदबाट राजीनामा नदिने भएका छन्।

बालुवाटारमा मंगलबार बिहान बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बताएका हुन्

प्रधानमन्त्री संसदबाट विश्वास मत लिने पक्षमा देखिएका छन्। सरकारलाई समर्थन गरेको कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।बैठकपछि पार्टीका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वास मतको सामना गर्ने निष्कर्ष निकालिएको जानकारी दिए।

प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन विश्वास मत लिने प्रधानमन्त्रीले धारणा बनाउनु भएको छ। पौडेलले भने कांग्रेस, रास्वपा, एमालेलगायत दलसँग पनि संवाद गर्ने कुरा भएको छ।उनले कांग्रेस र एमालेबीच भएको भनिएको सहमतिमा के विषयमा संविधान संशोधन गर्ने हो भन्ने कुरा आफूहरूले बुझ्न बाँकी रहेको पनि बताए।

प्रधानमन्त्रीले विश्वास मत प्राप्त गर्न नसके प्रतिपक्षमा बसेर आफ्ना एजेन्डा उठाइरहने पनि उनले बताए।