२१ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ ।

मुख्यमन्त्री सिंहले असार २२ शनिवार विश्वासको मत लिंदैछन् । संसदीय दलको बैठक बसेर हामीले विश्वासको मत दिने निर्णय गरेका छौं । एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले भने ।

उनी एमाले, माओवादी सहितको समीकरणबाट मुख्यमन्त्री बनेका हुन् ।तर केन्द्रमा नेपाली कांग्रेससँग नयाँ सरकार बनाउने निर्णय भइसकेकाले मुख्यमन्त्री सिहंले बहुमत पाउनेबारे प्रष्ट हुन सकेको छैन ।