२३ असार, पाल्पा । पाल्पामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी-६, गोठादी माहिलाचउरकी ६८ वर्षीया रिमासरा राना रहेको प्रहरीले जनाएको छ ।dd
शनिबार गोठादीकै सातपोखरी गएर घर फर्किने क्रममा चिर्तुङ् खोलाले बगाएर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।
खोलाले बगाएको थाहा पाएपछि महिलाको खोजी गर्ने क्रममा बगाएको स्थानदेखि ५०० मिटर तल खोलाको छेउमा शव भेटिएको प्रहरीले जनाएको छ ।
