२५ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान गर्ने क्रममा रहेको श्री एयरलाइन्सको जहाजभित्र यात्रुहरुबीच होहल्ला भएपछि सो जहाज धावनमार्गबाट फर्काइएको छ ।

आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त जहाजलाई धावनमार्गबाट पार्किङमा फर्काइएको श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।मानन्धरका अनुसार जहाजभित्र यात्रुबीच होहल्ला भएपछि अन्तर्राष्ट्रिय नियमअनुसार नै ग्राउण्ड भए फर्काउने र आकाशमा भए आकस्मिक अवतरण गराइन्छ ।

यात्रुका कारण उडान सुरक्षामा कुनै खतरामा नहोस् भनेर यसो गर्ने गरिन्छ ।पार्किङमा फर्काइएको जहाजका यात्रुबीच मिलापत्र गरी सोही जहाज पुनः सुर्खेत उडाइएको उनले जानकारी दिए ।