असोज १४ , काठमाडौं । दाउन्ने सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।
नवलपरासी बर्दघाट न.पा.वडा न.४ दाउन्ने जंगलमा रहेको खुर्सानी खोलास्थित पुर्व पश्चिम राजमार्गमा अबिरल बर्षादको कारण सडक किनारामा रहेको रिर्टनिङ वाल चर्केको, बाटो चर्केको र हाईटेन्सन लाईनको पोल सडक तर्फ ढलिएकाले बाटो पुर्णरुपमा अबरुद्ध रहेको छ ।
सडक संचालनका लागि सडक डिभिजन कार्यालय र बिद्युत कार्यालय नवलपरासी संग संमन्वय भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए
