असोज १५ , काठमाडौं । नागढुंगा-नौविसे सडक खण्ड मंगलबार दिउँसो २ बजेसम्म पूर्ण रूपमा बन्द गरिएको छ।

सठक बन्द गरेर पहिरो हटाउन लागिएको प्रहरीले जनाएको छ। मध्याह्न १२ बजेदेखि २ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरेर पहिरो पन्छाइएको प्रहरीले उल्लेख गरेको छ।

झ्याप्ले खोला पहिरोमा चार वटा यात्रुबहाक सवारी साधन पुरिँदा ३५ जनाको मृत्यु भएको थियो। झ्याप्ले खोला पहिरो पन्छाएर सडक दुवैतर्फी खुलाउने तयारी छ।