नबिल बैंक लिमिटेडले चालु आर्थिक बर्षको तीन महिनाको वित्तिय विवरण सार्वजनिक गरेको छ। नबिल बैंक २० वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नाफा कमाउने बैंक बन्न सफल भएको हो।

बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ३९.९७ प्रतिशतले बढी हो। गत आर्थिक बर्षको सोही अबधि सम्ममा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।