३० कात्तिक, काठमाडौं ।  अजरबैजानको राजधानी बाकुमा आयोजित राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी भएर राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान स्वदेश फर्किएका छन् ।

राष्ट्रपति पौडेल शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायतले विमानस्थलमा स्वागत गरेका छन्। गत कात्तिक २५ गते राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान गरेका थिए। 

बाकुमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औं सम्मेलन (कोप–२९) मा भाग लिएर राष्ट्रपति पौडेल स्वदेश फिर्ता भएका हुन्।