नारायणगढ बुटबल सडकखण्डको काम चिनियाँ ठेकदारले सुरु गरेको छ ।

ठेकेदार कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ले एक हप्ता अगाडि केही कामदारलाई पुल, रिटेन्सनवाल लगायतका सामान्य काम गर्न लगाएको छ । ११३ किलोमिटर लामो यो सडकखण्डलाई चाडै काम सक्न भन्दै दुई खण्डमा विभाजन गरेर अलग अलग ठेक्का लगाइएको थियो ।

दुवै खण्डको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले नै पाएको थियो । गैंडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्ड (६४.४२किलोमिटर) को आयोजना प्रमुख अनुक्षा घिमिरेले केही सानो संख्यामा कामदार झारेर काम थालेको जनाउ मात्रै निर्माण कम्पनीले दिएको बताइन् ।

ठेकेदार कम्पनीले आगामी एक सातामा पूर्ण रुपमा काम थाल्छु भनेर जानकारी गराएको आयोजना प्रमुख घिमिरेको भनाइ छ ।पूर्वी खण्डको भौतिक प्रगति ५३ प्रतिशतको हाराहारीमा छ । ठेकेदार कम्पनीले केही साता अगाडि मात्रै ३५ करोड जति रकम आएको र डिसेम्बर महिनामा रकम आउने जनाएको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।