२४ पुस, काठमाडौं । भ्यालेन्सिया स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा सेगुन्डा डिभिजनको एल्डेन्सलाई २-० ले पराजित गर्दै भ्यालेन्सियाले अन्तिम १६ मा स्थान बनाएको हो । एल्डेन्सको मैदानमा भएको खेलमा भ्यालेन्सियाका लागि सर्जी कानोले नवौँ र डिएगो लोपेजेले ३९औं मिनेटमा गोल गरे ।
यससँगै अन्तिम १६ मा पुग्ने १६ वटै टोलीको टुङ्गो लागेको छ । त्यस्तै दोस्रो श्रेणीको सेगुन्डा डिभिजनबाट दुई तथा प्रिमियरा फेडेरेसन र सेगुन्डा फेडेरेसनबाट समान एक टोली छन् ।
