नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक अस्ट्रेलियाका म्याट रोस नियुक्त हुने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले रोसलाई प्रशिक्षक नियुक्त गरेको एक पदाधिकारीले सेतोपाटीलाई जानकारी दिए। उनी नेपाल आइपुगिसकेका छन्। उनको नियुक्तिको विषयमा एन्फाले औपचारिक रूपमा घोषणा गर्न बाँकी छ।
४७ वर्षीय रोस युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्।
