दक्षिण कोरियामा रहेका दुई जना नेपालीको मृत्यु भएको छ।

दक्षिण कोरियाको जेछनमा सुनसरी घर भएका ५० वर्षीय शशी खतिवडाको मृत्यु भएको छ। क्षयरोगका कारण उनको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाका अध्यक्ष बुद्धि गुरूङले सेतोपाटीलाई जानकारी दिए।