बजारमा किवीको मूल्य बढेको छ।
किवीको सिजन सकिन लागेसँगै मूल्य बढ्न थालेको हो।
माग अनुसारको आपूर्ति नभएकाले किवीको मूल्य बढेको नेपाल फलफूल थोक व्यवसायी संघ काठमाडौंका उपाध्यक्ष माधव चौलागाईंले जानकारी दिए।नेपाली किवीको सिजन सकिन लाग्यो त्यसैले मूल्य बढेको हो । किवीको मूल्य बढेको एक महिना हुन लाग्यो।
एक महिना अघि बजारमा किवी प्रतिथोक मूल्य एक सय ५० देखि एक सय ८० रूपैयाँमा कारोबार भइरहेको थियो। अहिले भने बजारमा किवी प्रतिथोक मूल्य दुई सय ५० देखि तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
बजारमा नेपाली किवी माघ महिनासम्म मात्र आउने छ। त्यसपछि भने चीन र भारतबाट किवी भित्रिने छ।
