आइसिसी च्याम्पियन्स ट्रफीअघि भारत उत्कृष्ट लयमा देखिएको छ।

अर्को सातादेखि सुरु हुने प्रतियोगिताअघि भारतले इंग्ल्यान्डविरूद्धको एकदिवसीय सिरिज घरेलु मैदानमा ३-० ले क्लिनस्विप गरेको छ। भारतले एकदिवसीय सिरिजअघि इंग्ल्यान्डविरूद्धको टेस्ट सिरिज ४-१ ले जितेको थियो। 

भारतीय टोलीका उत्कृष्ट बलर जसप्रित बुमराहले घाइते भएर ट्रफी गुमाउने भए पनि भारतीय टोलीका अरू बलर तथा ब्याटर लयमा देखिएका छन्। 

च्याम्पियन्स ट्रफीमा भारत समूह ‘ए’ मा छ। भारतसँगै यो समूहमा बंगलादेश, न्युजिल्यान्ड र पाकिस्तान छन्। प्रतियोगिताको आयोजक पाकिस्तान भए पनि भारतले आफ्ना सबै खेल युएईमा खेल्दैछ। भारतबाहेकका अरु देशका खेल भने पाकिस्तानमा हुनेछन्।

‍भारतले पहिलो खेल बंगलादेशसँग फेब्रुअरी २० मा बंगलादेशसँग, २३ फेब्रुअरीमा पाकिस्तानसँग र मार्च २ मा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।