अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सोमबारदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता (ईन्टरनेशनल वुमन्स च्याम्पियनसिप) सुरु हुँदैछ ।
नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताका लागि नेपाली टोलीको तयारी पूरा भएको बताएका छन् । बाहिरबाट आउने एन्जिला र रेखा आइसकेकी छन् । साम्बा (सावित्रा भण्डारी) भोलि बिहानसम्म आईपुग्छ। अब भोलिको लागि तयारी हुँदैछ।’ आइतबार भएको प्रि-म्याच कन्फ्रेरेन्समा प्रशिक्षक तामाङले भने ।
यस्तै कप्तान एन्जिला तुम्बापो सुब्बाले यो प्रतियोगिता नेपालको लागि राम्रो अवसर भएको बताए । एन्फालाई धन्यवाद यो प्रतियोगिता आयोजनाका लगि । हाम्रो लागि यो ठूलो अवसर हो। उनले भनिन् । साफ लगत्तै अर्को प्रतियोगिता खेल्न पाएका छौं। हाम्रो लागि र समर्थकको लागि राम्रो हो ।
कप्तान एन्जिलाले टिमवर्क राम्रो रहेकोले बोलेर भन्दा पनि राम्रो खेल्नुपर्ने बताइन् । हाम्रो तयारी राम्रो छ । विपओी टिमहरु पनि बलियो छ । जित्छौं भनेर भन्ने भन्दा पनि मैदानमा प्रमाणित गर्नुपर्छ ।
नेपालले सोमबार आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेल्दैछ । खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।त्यसअघि दिउँसो २ बजे म्यानमार र लेबनानबीच हुनेछ ।
प्रशिक्षक तामाङले नेपालले यसअघि कीर्गिस्तानसँग ६ वर्ष अघि खेलेको खेल जितेपनि अहिले टिम परिवर्तन भएको बताए। कीर्गिस्तानसँग ६ वर्षअघि खेलमा नेपाल ८-२ ले विजयी भएको थियो । त्यसपछि खेलेको छैन । कीर्गिस्तानले अहिले खेल्ने फुटबल फरक छ । उनीहरुले सुधार गरेका छन् । हामीले राम्रो योजना बनाएर खृल्नुपर्छ । उनीहरु काउन्टर अट्याकमा खेल्छ त्यसमा हामीले ध्यान दिनुपर्छ ।
हाम्रो तयारी राम्रो छ । विपओी टिमहरु पनि बलियो छ । जित्छौं भनेर भन्ने भन्दा पनि मैदानमा प्रमाणित गर्नुपर्छ ।
