नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय राजावादीहरूले गरिरहेका क्रियापकल संविधान विपरित भएको टिप्पणी गरेका छन् ।

जनतालाई पुनः एकपटक रैती बनाउनेगरी प्रयास सुरु गरिएको बताउँदै उनले जनतामा गएको सार्वभौमसत्ता परिवर्तन हुन नसक्ने दाबी गरे ।

राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भनेका छन् । अहिले राजावादीहरूले जे गरेका छन् त्यो संविधान विपरित काम हो । जनतालाई फेरि एकचोटी रैती बनाउनेतिर प्रेरित छ । सबै उत्पीडित वर्ग र समुदायको बढी जिम्मेवारी छ ।

प्राप्त उपलब्धीको रक्षा गर्नुपर्ने बताउँदै प्रचण्डले राजाहरूले गरेका कार्यहरूबारे अहिलेको पुस्तालाई जानकारी गराउनुपर्ने बेला आएको पनि बताए ।